आज सुनचाँदीको मूल्य स्थिर

आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ रहेको छ ।

बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैया तोकिएको थियो ।