जाजरकोटको रामी डाँडा केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा भएको क्षतिको सबै विवरण

कार्तिक १७ गते राती २३:४७ बजे जाजरकोट जिल्लाको रामी डाँडा केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठुलो धनजनको क्षति पुर्‍याएकोछ।

नेपाल प्रहरीको आज  साँझ ५ बजेसम्मको जारी सूचना   अनुसार हाल सम्म भवनको पूर्ण क्षति ९१० आंशिक क्षति २,८६१ पुर्याएको सूचनामा जनाएको छ।

हालसम्मको भुकम्पमा परी  मानवीय क्षति मृत्यु हुनेको संख्या १५७ जना घाइते २४६ जना र उपचार पछि  १४६ जना घर फर्किएका छन् ।