मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्धारा राय-सुझाव माग 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको लागि रायरसुझाव मागेको हो ।

राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ । सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव आउँदो असार १० गतेभित्र पठाइसक्नुपर्नेछ ।