शान्ति सुरक्षामा टिकटक बन्यो सुरक्षा चुनौती

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै  टिकटक प्रतिनिधिलाई बोलाएर छलफल गरेको छ। अमर्यादित पोस्टहरु तत्काल हटाउने त्यसमा संलग्नता हुनेलाइ कानुनी कारबाही गरिने गृहको विज्ञप्तिमा उल्लेख गरेकोछ। गृहको छलफलमा प्रहरी अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिको सहभागी थिए ।बैठकमा प्रहरीको साइबर ब्युरो र टिकटक सिंगापुरबिंच सहमति बढाउनेमा केन्द्रित थियो ।

सर्वसाधारणका लागि प्रिय बन्दै गएको टिकटक भिडियोमा आधारित सामाजिक संजाल टिकटक सरकारका लागि भने चुनौतीको विषय बनेको छ। 

सामाजिक संजालमा सम्प्रेषण पोस्ट गरिएका गलत सामाग्रीले  व्यक्तिको चरित्र हत्या गर्ने किसिमको शान्ति सुरक्षामा असर पुर्‍याउने जातीय,  धार्मिक सद्भावना खलबलाउने र राष्ट्रियहितमा प्रतिकुल असर गर्ने भएकाले कडाइ गर्न लागेको विज्ञप्तिमा भनिएको छ।