भुसाल त्रिविको उपकुलपति नियुक्त

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्राध्यापक डा. शिवलाल भुसाल नियुक्ति भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले गत शुक्रबार भुसाललाई नियुक्त गरेका हुन् ।

उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाको कार्तिक १६ गतेदेखि पदावधि सकिएपछि उपकुलपति रिक्त भएकोले पदपुर्ती नभएसम्मका लागि दैनिक कार्यसन्चालन गर्न बढिमा ३ महिनाको लगि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा भुसाललाई नियुक्ति गरेका हुन् ।