राष्ट्रपतिको युरोप भ्रमण कार्यक्रम स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण देशको असहज परिस्थितिका कारण तत्कालको लगि स्थगित गरेका छन् । यही कात्तिक २२ गतेदेखि १० दिनको लगि फ्रान्स, इटाली र जर्मनीको भ्रमण गर्ने तालिका बनेको थियोे। 

गत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिम जिल्लामा ६.४ रेक्टर स्केलको भुकम्प गएको थियोे ।भुकम्पले  ठुलो धनजन र  मानवीय क्षति पुर्‍याएको थिए । 

संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयले प्रेषित वक्तव्यमा जनाएको छ।