काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाका तत्कालीन तीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु ओम बहादुर दर्जी , अभएकुमार गुप्ता र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी , लिखु गाउँपालिका - ९ का तत्कालीन वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया