यस बर्षको भाइटीकाको शुभ साइत बुधबार १० : ५१ बजे

यस बर्षको भाइटीकाको  सुभसाइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेकोे नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

समितिका अनुसार पूजापाठ र भाइटिकाको साइत बिहान १०: ५१ बजे भएपनि दिनभर भाइटीका लगाउन सकिनेछ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार लक्ष्मी पूजा एकैदिन मनाएको छ । सोमबार आज गाइ पूजा मंगलबार भोलि गोवर्धन पूजा / म्य्ह पूजा मनाइदैछ।