काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताएका छन् ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले सुनमाथि प्रतिबन्ध लगाउँदा पनि तस्करी नरोकिएको भन्दै कर लगाएर आयात खोल्नुपर्ने बताएका हुन् ।
‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ,’ देउवाले भने । नेपालमा बाणिज्य बैंकहरूले मात्रै दैनिक १० केजी सुन ल्याउन पाउने व्यवस्था छ ।