पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा स्कुटर दुर्घटना हुँदा कुश्मा नगरपालिका– १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो ।

सोमबार राती कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग २१प ९५ नम्बरको स्कुटर सडक छेउको बारमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । कार्कीलाई थप उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लगिए पनि अस्पतालले कार्कीलाई मृत घोषणा गरेको हो ।