रुसी सेनामा कार्यरत थप १ नेपालीकाे ज्यान गयाे, युक्रेनमा ४ जना बन्दी

रुसी सेनामा कार्यरत थप एक नेपालीकाे ज्यान गएकाे छ । परराष्ट्र मन्त्रालयले आज बुधवार प्रेस विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलकाे ज्यान गएकाे जानकारी दिएकाे हाे ।

यस्तै युक्रेनमा बन्धक भएका बर्दियाकाे राजापुर–१ का विवेक खत्री, काभ्रेकाे मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, माेरङकाे लेटाङ–६ का विकास राई र राेल्पाकाे रुन्टिगढी–८ का प्रतीक पुनकाे शीघ्र रिहाई गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कुटनीतिक माध्यमबाट अनुरोध गरेकाे मन्त्रालयले जनाएकाे छ ।

नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिककाे शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन: अनुरोध गरेकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल स्वदेश फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुन: अनुरोध गरेकाे मन्त्रालयले जनाएकाे छ ।