एसियाली खेलकुदको भव्य उद्‌घाटन, हेर्नुहाेस तस्बिरहरू)

चीनको हाङ्झाउमा १९ औं एसियाली खेलको भव्य उद्घाटन भएको छ। शनिबार हाङझाउ ओलम्पिक रंगशालामा भएको समारोह चीनका राष्ट्रपति सी चिन फिनले उद्‌घाटन गरेका हुन्। समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उपस्थित थिए।

दुई घन्टासम्म चलेको उद्‌घाटन समारोहको मार्चपासमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी निमा घर्ती मगरले बोकेका थिए। उद्घाटन समारोह भव्य बनाउने क्रममा चीनले प्रकाशमार्फत उत्कृष्ट कौशल देखायो।

४५ देशका खेलाडीहरूको मार्चपासका लागि ४० मिनेट समय लागेको थियो। त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू भयो। औपचारिक उद्घाटनपछि भएको सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्यो। जहाँ चीनको सांस्कृतिक सम्पदा, पूर्वी सौन्दर्य र आधुनिक प्रविधिको शक्तिलाई लाइटिङको अनुपम संयोजनमार्फत देखाइयो।

क्विनताङ नदीको किनारमा रहेको 'बिग लोटस' लाई सेटमा उतारिएको थियो। समारोहमा सयौं कलाकारले आफ्नो प्रस्तुति दिँदा रंगशालामा उपस्थित हजारौं दर्शको भीड मन्त्रमुग्ध भएको थियो। नांगो आँखाका लागि थ्रिडी स्टेज प्रयोग गरिँदा रंगशालाको स्टेज भव्य देखिन्थ्यो। जहाँ नदी र पुल समेत लाइटिङमार्फत देखाइएको थियो।

चीनको राष्ट्रिय झन्डा फहराउनुअघि एक गायकले 'म तिमीलाई माया गर्छु, चाइना' बोलको गीत गाएका थिए। पहेँलो र सेतो पहिरनमा सजिएका नर्तकहरूले ड्रम बजाएर खेलकुदलाई दृश्यमा स्वागत गरेका थिए।

asian-game-(7)-1695484251.jpg

asian-game-(10)-1695484261.jpg

एसियाली खेलकुदका लागि पहिलो पटक एसियाली खेलकुदको टर्च डिजिटल र रियल टाइम दुवैमा प्रज्वलित गरिएको थियो। एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुने छन्।

पेरिसमा हुने ओलम्पिक-२०२४, टोकियोमा भएको ओलम्पिक-२०२० मा पनि यति खेलाडीले प्रतिस्पर्धा गरेका थिएनन्। ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। २९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक-एक पदक मात्र जित्न सकेको छ।

नेपालले यसपटक व्यक्तिगत विधाका खेलमा पदकको आशा गरेको छ। जसमा तेक्वान्दो, उसु, कराते, बक्सिङसहित नयाँ खेलहरू इस्पोर्ट्स, डान्स स्पोर्ट्स र क्यानोइङमा पदकको आशा गरेको छ।

पछिल्ला तीन एसियाली खेलकुदमा नेपालले एक-एक पदक मात्र जित्न सकेको छ। सन् २०१० को ग्वानझाउ एसियाड र २०१४ को इन्चोन एसियालीमा नेपालले कास्य पदक मात्र जित्न सकेको थियो। यस्तै नेपालले सन् २०१८ को इन्डोनेसियाको जाकार्तामा भएको एसियाली खेलकुदमा प्याराग्लाइडिङबाट रजत जितेको थियो। यसपटक प्याराग्लाइडिङ समावेश छैन।

asian-1695484536.jpg

asian-game-(11)-1695484261.jpg

asian-game-(9)-1695484252.jpg

asian-game-(4)-1695484237.jpg

asian-game-(6)-1695484250.jpg

asian-game-(8)-1695484251.jpg

asian-game-(5)-1695484236.jpg

asian-game-(12)-1695484236.jpg

asian-game-(1)-1695484235.jpg

asian-game-(2)-1695484235.jpg