तुइन खोलामा हट्यो, मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालन

मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोला पुलनजिकै पहिरो खस्दा दुई दिनअघिदेखि सडक अवरुद्ध भएको थियो । 

त्यहाँ खसेको पहिरो पूर्ण रूपमा हटाई बिहीबार राति साढे १० बजे (असोज ९) देखि यातायात आवागमन दुईतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

ठूलो पहिरो गएपछि मंगलबार दिउँसोदेखि सो सडकखण्ड अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको थियो ।

साँझ फ्लडलाइट जडान गरेर पहिरो पन्छाइएको हो । सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् ।