काठमाडौं १० असोज । सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट दिएको असुली गर्नुपर्ने रकम असुली नगरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आ.व. २०७७/०७८ र २०७८/०७९ मा पशु हाटबजार र गुदरी हाटबजार सन्चालन सम्बन्धी राजस्व सङ्कलनमा अनियमितता भएको अनुसन्धान गर्दा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको आयोगको दाबी छ ।
आयोगले तत्कालीन मेयर देवनाथ साहु तेली , उपमेयर रेशम कुमारी थापालगायतका पदाधिकारी तथा कर्मचारीहरुविरुद्ध आरोप पत्र दायर भएको जनाएको छ ।
प्रतिक्रिया