images

पुरानो विवाद बल्झिँदा आनी छोइङ्को नियुक्ति विवादको घेरामा

कात्तिक २,काठमाडौं । प्रशिद्व बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने सरकारको निर्णयसँगै उनिमाथिको पुरानो सम्पत्ति शुद्विकरण  सम्बन्धी विवाद फेरी सतहमा आएको छ । 

आर्थिक विवाद पृष्ठ्भूमीका कारण सरकारको नियुक्ति प्रकरणले सुशासन र  नैतिक आचरणमाथि  गम्भीर प्रश्न उब्जिएको छ ।

गत असोज ३० गतेको मन्त्रीपरिषद बैंकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो । बौद्ध आस्थाको अन्तर्राष्ट्रिय केन्द्रमा स्रोत नखुलेको रकम भित्र्याएको सम्बन्धमा अनुसन्धानको दायरामा तानिएकी व्यक्तिलाई जिम्मेवारी दिएपछि चौतर्फी आलोचना सुरु भएको हो। 

सोमबार ३ कात्तिक २०८३ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया