images

वडाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको र लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल , ललितपुरका कर्मचारीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

भूमि प्रशासन कार्यालयका अधिकृत अर्जुन देव योङया र नवीन कुमार गोले, नायब सुब्बाहरु मनोज पोखरेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदारहरु नरेन्द्रबहादुर बस्नेत र भक्तबहादुर राना तथा सहायक कम्प्युटर अपरेटर इन्दु दाहाललगायतको  संलग्नता रहेको अख्तियारको आरोप छ । ललितपुर महानगरपालिका - ४ का वडाध्यक्ष सन्तोष खड्कामाथि पनि मिलेमतोमा घुस लिएको आरोप लगाएका  छन् ।

शनिबार १५ कात्तिक २०८३ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया