images

अधिकांश सरकारी वेबसाइटहरु अस्थायी रुपमा बन्द (अफलाइन)

काठमाडौं । वेबसाइट निर्माण र सन्चालनमा विश्वव्यापी रुपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा दुईवटा अत्यन्तै गम्भीर साइबर कमजोरीहरु फेलापरेपछि सम्भावित साइबर आक्रमण र डाटा चोरी रोक्न सावधानीस्वरुप वेबसाइटहरु बन्द गरिएका छन् ।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सन्चालन केन्द्र (SDOC) र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको निर्देशन अनुसार प्रणालीलाई सुरक्षित राख्न सेक्युरिटी प्याचिङ र अपग्रेड गर्ने कार्य भइरहेको छ।

यो समस्या विश्वभरका धेरै देशहरुमा देखिएको छ।केही महत्त्वपूर्ण प्रणालीहरु क्रमशः सुचारु हुन थालेका छन् । वाँकी वेबसाइटहरु पूर्ण परिक्षणपछि चाँडै सन्चालनमा ल्याइने तयारी भइरहेको छ ।

शुक्रबार​ ७ कात्तिक २०८३ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया