images

दुई करोड ९३ लाख राजस्व हिनामिना , तत्कालीन पर्सा मालपोत अधिकृतसहितलाई मुद्दा  दायर

काठमाण्डौं। दुई करोड ९३ लाख राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतहरु  हरिनारायण मिश्र , भूप बहादुर बोगटी , पदम प्रसाद अर्याल , सुरेन्द्र प्रसाद राव कुर्मीसमेत तत्कालीन नायव सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायको हकमा छोराहरू राज किशोर उपाध्याय ,गौतम प्रसाद उपाध्याय , पशुपति उपाध्याय र मुरारी उपाध्यायलाई मुद्दा दायर गरिएको जनाएको छ।

बुधबार १८ चैत २०८२ ०५:५६ PM मा प्रकाशित

प्रतिक्रिया