काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दायर गरेको छ ।
मोरङमा रहेको रिजाल क्यानिङ एण्ड कम्पनीको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी बिक्री वितरण गर्ने प्रक्रियामा सहकारी सम्पत्तिमा हानी - नोक्सानी पुर्याएको आरोपमा अख्तियारले कात्तिक १७ गते विशेष अदालतमा मुद्वा दायर गरेको हो ।
अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरुविरुद्ध भ्रष्टाचार निवारण अनुसार कारबाहीको माग गरेको छ।।
मुद्दा दायर भएका ९७ जनामध्ये ५३ लाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ साल मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठक र पुस १६ गतेको सामाजिक समितिको निर्णयबाट जग्गा सट्टापट्टा गर्ने स्वीकृति दिएको थियो ।
प्रतिक्रिया