४५ किलो चरेससहित तीनजना पक्राउ

मकवानपुरको भीमफेदी गाउँपालिकाबाट प्रहरीले आज ४५ किलो लागु औषधिसहित तिनजनालाई पक्राउ गरेको छ। बाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार भीमफेदी - २ भैंसेबाट ४५ किलो चरेस र पाँच किलो गाँजासहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने हरुमा थाहा नगरपालिका - ८ बस्ने ३० वर्षका विमल स्याङ्तान, भीमफेदी - १ बस्ने ३२ वर्षिय नवराज तामाङ र कैलाश गाँउपालिका खोलाखर्क १ बस्ने चन्द्रबहादुर घलान रहेको छन् ।

पालुङबाट  हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई प्रहरीले रोकि चेकजाँच गर्दा बसमा सवार उनीहरुलाई उक्त परिणामको लागु औषधसहित पक्राउ गरेको हो।