images

काठमाडौंमा १५ देखि २६ असोजसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौंती गरिने

काठमाडौं १५ । काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली संचालन तथा हिउँदको लोड व्यवस्थापनका लागि असोज  १५ देखि २६ गते सम्म विभिन्न क्षेत्रमा विहान १० बजेदेखि दिउँसो ३  बजेसम्म विद्युत् आपूर्ति कटौंती गरिने भएको छ।

१५ असोज - सतुंगल बौथली क्षेत्र ,  १६  असोज - माच्छेगाउँ दोभान चोक , खुसीचोक क्षेत्र , असोज  १७ र २० गते मूलपानी क्षेत्र , असोज १८ - गुर्जुधारा क्षेत्र , असोज २१ बलम्बु क्षेत्र।

असोज २२ - कोटेश्वर - बालकुमारी क्षेत्र असोज ,२४- सिफल क्षेत्र २५ र २६ गते - सतुंगल धौलागिधौलागिरी आवास क्षेत्र , धोबीखोला क्षेत्रमा लाईन कटौंती हुने प्राधिकरणले बताएको छ ।

बिहीबार १५ असोज २०८३ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया