बैंकले बढी ब्याज लिए राष्ट्र बैंकलाई जानकारी गराउन गभर्नर अधिकारीको अनुरोध गत वर्षमा रु ४ अर्ब ७६ करोड ब्याज फिर्ता

श्रृणीसँग कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी, सूचना दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनुरोध गरे । बैंकहरुले बढी ब्याज लिएको पाए राष्ट्र बैंकले फिर्ता गराउँछ, उनले भने गत आर्थिक वर्षमा ब्याज बढी लिएको रु ४ अर्ब ७६ करोड ब्याज फिर्ता गरायौं ।

अधिकारीले बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा आएर गुनासो गर्न व्यवसायीलाई उनलेे सुझाव दिए । व्यवसायीलाई बैंकले १६/ १८ प्रतिशत लियो भन्दै नहिँडन आग्रह गरे ठुूला व्यवसायिले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उनले दाबी गरे । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहयोग गरिरहेको उनको भनाइछ। 

आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जा बढ्ने भन्दै अहिलेको समय बैंकहरुले प्रोभिजन  बढाउनुपर्ने भएकाले राष्ट्र बैंकले कस्न खोजेको उनले बताए ।