काठमाडौं, असोज ३ । नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरि १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऎतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष दिवस मनाउने गरिन्छ।
दिवसको अवसरमा काठमाण्डौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति , प्रधानमन्त्री र विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको छ।
सरकारले आज देशभर र विदेशस्थिति नेपाली दूतावासहरुमा दिपावली मनाउने र राष्ट्रिय झण्डा फहराउन आव्हान गरेको छ । यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी र विभुषणद्वारा सम्मानित गरिँदैछ।
सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्ने यो संविधानले समावेशी र धर्मनिरपेक्ष नेपाल को जग बसालेको दिनका रूपमा नेपाली जनताले यसलाई उत्सवका रूपमा मनाइरहेका छन् ।
प्रतिक्रिया