images

प्लास्टिक दाना कारखानामा आगलागी

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका - ८ स्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। 

नबराज भट्टले सन्चालन गरेको विके सप्लायर्समा बिहान ६ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । दमकल र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा लिएको छ ।

सोमबार १९ असोज २०८३ १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया