अमेरिका पठाईदिन्छु भनी रकम ठगीगर्ने व्यक्ति पक्राउ

दैलेख जिल्ला दल्लु न.पा.११ घर भई काठमाडौं नागार्जुन नगरपालिका. २ बस्ने बर्ष ४० को कुल बहादुर पन्तलाई प्रहरीले पक्राउ गरेको छ।

पन्तले भुवनेश्रर अमात्यलाई वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भनी रु ११,५०,००० । -  एघार लाख पँँचास हजार रकम लिई सम्पर्क विहिन भै ठगी गरेकोले मिति २०/८०/०६/२९ गते २ बजेको समयमा बसुन्धरा बाट पक्राउ गरि थप छानबिन अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौं ताहाचल पठाएको छ।