काठमाडौं , २४ असोज नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको नयाँ सभापतिमा निर्वाचित भएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनाको अन्तिम परिणाम अनुसार थापा अत्यधिक बहुमतका साथ विजयी हुनुभएको हो।
निर्वाचन समितिका अनुसार कुल खसेको मतमध्ये थापाले ६,५८४ मत (९३.८८ प्रतिशत ) प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र पाउनुभयो । मतदातामा ५४ मत बदर भएको थियो । सभापति पदको परिणाम सार्वजनिक भएसँगै बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणान सानेपास्थित पार्टी कार्यालयमा सुरु गर्ने तयारी गरेको छ।
प्रतिक्रिया