गोर्खाको बुढीगण्डकी नदीमा आइतबार असोज २५ विहान करिब ४:०० देखि ४:३५ बजेको आसपासमा आकस्मिक तथा भीषण बाढी आएको छ ।
चुमनुब्री गाउँपालिका - ६ स्थित लोक्पा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेर नदी थुनिएपछि उक्त थुनिएको भाग फुट्दा लेदोसहितको महाबाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीले चुमनुब्री गाउँपालिकाको पैयू,बगर, सल्लेरी, घट्टेखोला र जगत क्षेत्रका ३५ भन्दा बढी घर तथा टहराहरु बगाएको वा क्षति पूर्याएको छ। धार्चे गाउँपालिका - ५ माछीखोलाको तल्लो बस्तीका ७ वटा घर र ७ वटा टहरामा पनि क्षति पुगेको छ ।
प्रतिक्रिया