images

नक्कली डीपीआर बनाएर ३९ लाख भ्रष्टाचार , ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी कार्यालयका तत्कालीन डिभिजन प्रमुखसहित ३ जनाविरुद्ध नक्कली डीपीआर बनाएर ३९ लाखभन्दा बढी हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्वा दायर गरेको छ । 

कार्यालयले विभिन्न १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणको लागि फर्जी कागजात तयार गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन डिभिजन प्रमुख राजीव रीमाल, लेखापाल रुन बहादुर सेजुवाल र परामर्शदाता कम्पनीका प्रबन्ध निर्देशक चन्द्र बहादुर बुढाविरुद्व मुद्दा दायर गरिएको हो ।

बिहीबार १३ कात्तिक २०८३ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया