गरिमा खोज्दै गुरुहरू

 काठमाण्डौँ - “जो  शिक्षक  प्रसन्न  चित्त  रहन्छन्  तिनका  शिष्यहरू  पनि  प्रसन्न  रहने  गर्दछन्  ।  हाँसीखुसी  साथ  नयाँ  नयाँ  कुरा  सिक्तै  जान्छन्  ।  जो  शिक्षक  उदास  मन  गरेर  पढाउँदछन्  तिनीहरूका  शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।”

“एक सय पाँच वर्षअघि अर्थात् १९७४ साल फागुन  २८  गतेको  गोरखापत्रमा  शिक्षकको  गुण’  शीर्षकमा एउटा लेख छापिएको लेखको यस भनाइले शिक्षक  र  विद्यार्थीबिचको  सम्बन्ध  र  सिकाइको  अभ्यासलाई दर्साउँछ । यसमा  भनिए  जस्तै  वर्तमानमा  शिक्षकलाई  प्रसन्न चित्त अवस्थामा फेला पार्न सकिन्छ  भन्ने जिज्ञासामा शिक्षकहरूको सहज जवाफ हुने गर्छ, “सकिँदैन  ।”

कारणबारे  शिक्षकहरूको  तर्क  हुने  गर्दछ,  “शिक्षकका  समस्यै  समस्या  छन्,  राज्यले  सम्बोधन नगर्दासम्म प्रसन्न चित्त कठिन हुन्छ ।” नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले  समस्याका  १७  थरी  फेहरिस्त  सुनाउँदै  भने “शिक्षकका एकै खालका सेवा सुविधा छैन । स्थायित्व छैन । बढुवा छैन । ग्रेडमा विभेद छ । कक्षाकोठाभित्र पर्याप्त दरबन्दी छैन । महिनावारी तलब  उपलब्ध  गराइँदैन  ।  यस  पेसामा  उत्साह  र  अभिप्रेरणा नभएपछि व्रmमशः आकर्षण घट्दो छ । यस्तै रहेमा अब्बल जनशक्ति शिक्षण पेसामा प्रवेश नगर्ने अवस्था रहन्छ ।”

विशेष  गरी  २०४६  सालको  प्रजातन्त्रपछि  शिक्षकहरूले दलको झन्डा बोकेर हिँड्न थालेपछि शिक्षकको मर्यादा र प्रतिष्ठामा समाजले औँला ठड्याउन थालेको  हो  ।  यसले  गर्दा  शिक्षकप्रतिको  सम्मान  र  बुझाइमा समाजको दृष्टिकोण फरक हुँदै गयो । तर शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले एकाध शिक्षकलाई उदाहरण दिएर यसलाई सामान्यीकरण गर्न नमिल्ने तर्क गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।