सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ - सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ।  बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन।

यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काभ्रेको बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।