नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयवासीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।