सन नेपाल लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत छुट पाइने

 काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीका अनुसार २०७७ फाल्गुन १ गते देखि २०७९ फाल्गुन १ गतेसम्म पुर्ण व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको छ ।

उक्त बीमालेख आगामी चैत ३१ गतेसम्म नवीकरण गराएमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।
ब्याज छुट सुविधा २ वर्ष अगाडिदेखि पूर्ण ब्यतित भएका बीमालेखहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ । छुट सुविधा बीमा अवधिभरमा एकपटक मात्र उपभोग गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।