आखिर प्रेम के हो ? यो प्रेम भन्ने शब्द कसले बनायो होला ? आफुले प्रेम गरेको मान्छेलाई एकछिन नदेख्दा मनमा अनेकथरी शङ्का उपशङ्का किन पैदा हुन्छ होला ? उ जत्तिको राम्री अरू यो सँसारमा कोही किन लाग्दैन ? उ सामु जत्ति नै शुन्दरी आए पनि किन फिक्का लाग्छ होला ? किन उहीलाई मात्र हेरिरहन मन लाग्छ होला ? ऊ नै स्वर्गकी उर्वसी र अप्सरा हो की भन्ने किन लाग्छ होला ? तिलक सिंह पेलाको गित जस्तै एकछिन उ नबोल्दा यो दिल किन बिमार हुन्छ होला ? हो आजभोलि म यसकै जबाफ खोजिरहेछु।
म मध्यम बर्गिय परिवारमा जन्मिएको मान्छे , कहिल्यै ठुला सपना देख्न आएन, सायद मलाई ठुला सपना देखाउने मेरो परिवारको हैसियत नै थिएन की ? त्यस्तो भने पक्कै होइन । के प्रेम गर्न हैसियत र टन्न धन सम्पत्ति हुनु नै पर्ने हो र ? त्यो पनि सायदै होइन होला । प्रेम के होला त ? के कसैलाई मन मनै मन पराउनु मात्र प्रेम हो ? के प्रेम भन्ने शब्द बैँशको भुल हो ? प्रेम किन र कसरी हुन्छ होला ? आखिर प्रेमले नै कसैको जिन्दगी कसरी बर्बाद गर्छ होला ? फेरी त्यहि प्रेमले कसैको जिन्दगी कसरी हराभरा बनाउँछ होला ? के प्रेम बिना यो सँसार चल्दैन त ? मेरा मनमा आजभोलि यि यस्ता प्रश्नले मलाई नै पिरोल्ने गरेको छ । म प्रायजसो प्रेम भन्दा पनि आफ्नै काममा ब्यस्त रहने मान्छे हुँ , मलाई पनि प्रेम प्रस्ताव भने पक्कै पनि नआएका होइनन् । धेरै आए ,तर मैले ति मनमनै प्रेम गर्ने मान्छेहरूलाई बुझ्न सँकिन की उनिहरूले मलाई बुझ्न भुल गरे खै ? म केटीदेखी तिन कोष पर नै बस्न रूचाउने मान्छे , कोही केटीसँग आजसम्म आँखामा आँखा जुधाएर बोल्ने आँट नभएको मान्छे । प्रेम त अझ टाढाकै कुरा हो । तर पनि यो प्रेम भन्ने शब्द बाट बच्न नसकिने रहेछ । प्रेम त हरकोहीले जिन्दगीमा कसै न कसैलाई अबश्य नै गरेका हुन्छन्।
फरक यति मात्र हो कि कसैको प्रेम सफल हुन्छ त कसैको असफल हुन्छ । अनि सफल हुने खुसी छन् त असफल हुने पिडामा छन्। अनि यहि प्रेमको कारणले कोहीको जिबन सुधारेको छ त कोहीको जिबन नै लिगेको छ । प्रेम बाट देबी देउता त बच्न सकेनन् भने हामी त साधारण मानिस हौ । कृष्णलाई मन पराउने माया गर्ने हजारौँ गोपीनीहरू थिए। तर कृष्णको मनमा राधाको लागि मात्र प्रेम थियो । त्यस्तै रामको मनमा सिता को लागि अथाह प्रेम थियो । त्यस्तै महादेबको प्रेम सतिदेबीको लागि अनन्त थियो । त्यसैले त होला जब शतिदेबी आगोमा जलिन तब महादेब पागल भएर जलेको शबलाई हजारौँ बर्षसम्म लिएर घुमिरहेँ । यो प्रेम भन्ने शब्दले देबी देउतालाई त पागल बनाइदियो भने हामी त साधारण मान्छे हौ । तपाईहरूले यि देबी देउताको बारेमा नपढेको नसुनेको भएर मैले यि कुराहरू जोडिरहेको भने पक्कै पनि होइन्। प्राय यि कुराहरू तपाईहरू सबैले पढिसक्नु भएको छ र थाहा पनि छ । तर मैले जोड्न खोजेको कुरा भने हजुरहरूले पक्कै पनि बुझिसक्नु भएको छ ।
हो मलाई पनि आजभोलि अनौठो प्रेमको अनुभूति हुन थालेको छ । मेरो मन मन्दिरमा कोही कोहीको बास हुन थालेको छ । उ सामु अरू कोही नि राम्रो लाग्दैन्। एकछिन उ नबोल्दा मन पोल्न थाल्छ। उ अरू कोही सँग बोलेको देख्दा मनमा जलन हुन थाल्छ । के यहि नै प्रेम हो त ? उसलाई देख्दा मनमा जत्ति नै पिडा भए पनि सबै पिडा भुल्न पुग्छु । उसको ओठको एक मुस्कानले मलाई हाँस्ने हिम्मत मिल्छ । उसको पिडालाई आफ्नो पिडा बनाएर रून मन लाग्छ। मात्र उसको मुहारमा हाँसो देख्न मन लाग्छ । हो आजभोलि मलाई उ असाध्यै मन पर्न थालेको छ । रूपकी काली मनको धनी उही त हो । जसलाई मनले अथाह प्रेम गर्छ अनि हद भन्दा पनि बढी चाहन्छ । सुनेको थिएँ प्रेममा त्याग र समर्पण हुनुपर्छ भनेर , हो त्यो त्याग र समर्पण उसको लागि गर्न मन लागेको छ । जसको कारण हाम्रो प्रेम लैला मज्नु अनि मुना मदन भन्दा पनि गहिरो होस्। कहिल्यै उसको बिकल्पमा अरू रोज्न नपरोस् । म चाहन्छु उसले पनि मलाई यस्तै अथाह प्रेम गरोस् ।
सायद उसले पनि मेरो प्रेमलाई बुझ्नेछ। अनि भन्नेछ हामिबिच यस्तै अथाह प्रेम सदैब रहोस्। आशा छ हातमा हात समाई जिन्दगीको लामो सफर सँगै हुनेछ । अनि प्रेमले जिन्दगी बिगारेको भन्दा पनि जिन्दगी सपारेको कहानी बन्नेछ। प्रिय मान्छे आउ अब यो प्रेमको यात्रामा सहकार्य गर्दै अगाडी बढौँ। यति हुँदाहुँदै पनि कहिलेकाही मनमा अनेक सबाल उठ्न थाल्छन् । मैले उनिलाई गुमाउन परे के होला ? के उनि बिना म बाँच्न सक्छु होला त ? यो प्रेमले हाम्रो जिन्दगी सपार्ला कि बिगार्ला ? के यहि प्रेम हो त ? कि यो मेरो आकर्षण मात्र हो ? आखिर प्रेम त हरकोहीले हर कोहीलाई गरेका नै हुन्छन् । आमाबुबाले आफ्ना बच्चाबच्चीलाई गर्ने पनि प्रेम नै हो । आखिर प्रेम त जनावरले नि गरेकै हुन्छन् । होइन र ? तर यि भन्दा केही फरक प्रेमको आभास मलाइ भएको छ । के तपाईंलाई पनि यस्तै आभास कहिल्यै भएको थियो ?