आजको शेयर बजार राताम्मे : नेप्से १४.४४ अंकले घट्यो, कारोवार रकम कति ? 

 काठमाडौँ -  साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले घटेर ३६५.२९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ । यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सानिमा माई हाइड्रोपावर र नबिल बैंक को कारोबार भएको छ ।