अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाण्डाैँ - अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ खरिददर १४० रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८७ पैसा र विक्रीमा १० रुपैयाँ ९२ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।