बाँकेमा गैरकानुनी रुपमा रकमको कारोबार गरेको आरोपमा दुई युवक पक्राउ

बाँकेमा गैरकानुनी रुपमा रकमको कारोबार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। दैनिक एक करोडसम्मको अवैध कारोबार गरेको कसुरमा नेपालगञ्ज उपमहानगरपालिका – २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका-१ का रियाज खाँ पक्राउ परेका हुन्।

बाँकेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका – १८ भाटभटेनी नजिक गैरकानुनी रुपमा मुद्रा विनिमय (क्रिप्टो करेन्सी) को कारोबार गरेको आरोपमा बर्मा र खाँलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुई जनाले दैनिक एक करोडसम्म गैरकानुनी रुपमा मुद्रा बिनिमय गरेको खुलेको डिएसपी डाँगीले बताए ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुरमा मुद्दा चलाइएको छ।  जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।