'स्थल मार्गबाट आउने पर्यटकका समस्या समाधान गरिनुपर्छ' : अध्यक्ष ढकाल

काठमाडौँ - उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकामा दुःख पाएको गुनासो आएको भन्दै तत्काल समाधान निकाल्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “हाम्रा विभिन्न सरकारी निकायबीच समन्वय नहुँदा स्थल मार्गबाट आउने पर्यटकले विभिन्न किसिमका झमेला झेल्न परिरहेको गुनासो आउने गरेको छ ।