आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ? 

 काठमाडौँ -  राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ११ पैसा र बिक्री दर ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २१ पैसा र बिक्री दर ९९ रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।