किन बढ्दैछ बीमा सरेण्डर ? 

 काठमाण्डौँ - पछिल्ला महिनामा बीमा पोलिसी परित्याग सरेण्डर गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।

प्राधिकरणका अनुसार गत वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । चैत र वैशाखलाई तुलना गर्ने हो भने वैशाखमा सरेण्डर हुने पोलिसी संख्या र रकम दुवै बढेको छ ।

वैशाखमा मात्रै १५ जीवन बीमा कम्पनीमा १० हजार ७ सय ९७ वटा बीमालेख सरेण्डर भएको छ । चैतमा ९ हजार ३ सय ५८ वटा बीमालेख सरेण्डर भएको थियो, जुन एक अर्ब १८ करोड रुपैयाँबराबरको थियो ।

वैशाखमा बीमा सरेण्डर बढी हुने कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ। नेपाल लाइफको ३१ करोड ९८ लाख रुपैयाँको १ हजार ४८३ वटा बीमालेख सरेण्डर भएको छ। यस्तै, एसियन लाइफको ३१ करोड ८५ लाख रुपैयाँको सरेण्डर भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको १५ करोड ८५ लाख ་ रुपैयाँको १ हजार ४८३ बीमालेख सरेण्डर भएको छ भने राष्ट्रिय बीमा संस्थानको १० करोड ३४ लाख रुपैयाँको १ हजार ४४२ वटा बीमालेख सरेण्डर भएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड २९ लाख रुपैयाँबराबरको ५७७ वटा बीमालेख सरेण्डर हुँदा प्रभु लाइफको ८ करोड ५८ लाख रुपैयाँको बीमा सरेण्डर भएको छ। नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ८७ लाख रुपैयाँबराबरको, सूर्यज्योति लाइफको ६ करोड न रुपैयाँको र मेटलाइफको ३ करोड २० लाख रुपैयाँको  बीमालेख सरेण्डर भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।