खै, कता हरायो मेरो जिन्दगी ? 

आखिर जिन्दगी कस्तो हुनुपर्ने हो ? आजभोलि म यसकै जबाफ खोजिरहेछु । तर जबाफ म को सँग खोजौँ ? मेरो जिन्दगीको पानामा छैटीँको दिन भाबिले के लेखिदिईस् भनेर कि भाबीलाई नै बोलाएर सोधौँ ? अहँ यसको जबाफ म कसैलाई सोध्न र गुनासो गर्न सक्दिन् । किनकी आफ्नो जिन्दगी म आफैले जिउन नजानेको हो की ? 

म मध्यम बर्गिय परिवारमा जन्मिएको मान्छे, मेरो घर धादिङ्ग हो । मेरो परिवारको बिषयमा कुरा गर्नुपर्दा बुबा ममि भाई र म छौँ । बुबा पण्डित काम गर्नुहुन्छ । अनि ममि घरायसी काम र मेलापातमा ब्यस्त हुनुहुन्छ । भाई र म काठमाडौं बस्छौ । बुबा एक्लैले पण्डित काम गरेर जेनतेन घर चलाउनुहुन्छ । हामिलाई यत्तिको बनाउनको लागि बुबा र ममिले धेरै सङ्घर्षका दिनहरु पार गर्नुपर्यो । अहिले पनि स्थिती उस्तै छ । आज म सुनाउँछु हजुरहरूलाई मेरो वास्तविक जिन्दगीका कथा .....

थाहा छैन अँध्यारो भित्र मैले कति आँसु बगाएको छु.. जिउदै छु देखेर हाँस्छन दुनियाँ..मैले टाउको टेकाउन राखेको सिरानीले कति पल्ट मुहारलाई दबाएको छु । थाकेको शरीर थकाई मार्न समेत मान्दैन आजकल, रुन्छु एक्लै हाँस्छु, भिडमा हाँस्दा हाँस्दै कति खेर गह भरिन्छन मेसो पाउँदिन । कुन जुनिमा के पाप गरिछु खै.. रमाउन खोज्छु पीडा लुक्न समेत मान्दैन । एक्लोपन को लत लागेको हैन मलाई एक्लै हुन्छु की सधैँ यहि कुराको डर लागेको छ । अलि अलि पिडा त जसलाई पनि हुन्छ, भन्नू त एउटा बहाना मात्र हो । जब मन दुख्छ तब कयौँ भावनाहरुले मौनता को कफन ओडेका हुन्छन । रहर सबै मरिसके पछि शरिरका हरेक अङ्ग लाई जल्न हतार हुनेरहेछ । भो नबुजाउ जिन्दगी को पाठ कसैले मलाई..!! कोठाको झ्याल मा टागेको कालो पर्दा भित्र रङ्गिन मेरो जिन्दगिलाई मैले कैद गरेको छु । परेला भरी आँसु लिएर ऐना हेर्दा त्यति धमिलो देखिएको थिएन दुनियाँ जति मन मरेको यो शरीर घिच्याउदै मसानघाट खोज्दा मेरो प्रतिबिम्ब धमिलाएको थियो । 

दुखाई को कुनै आवाज निकालेको छैन मैले, टुटेको छु..छरिएको मन कसैलाई देखाएको छैन मैले, जे छ जे छु बस जिउँदो लास छु । तर कसैसँग केही आश अनि रहर बाकी राखेको छैन मैले । आफ्नाले आफ्नो रङ्ग देखाउन थालेपछि हो मैले आफ्नो अस्तित्व लाई भुल्दै गएको । सन्सार जित्ने आशिष कमाएर मर्दा लास छोप्ने कफन किन्ने औकात बनाउन सकिन ! बस् यत्ती गुनासो छ मलाई जन्माउने बा आमालाई मैले आज सम्म टाउको दुख्दा खुवाउने औषधि किन्न सकिँन । अरु सबै सपना हरु हराईसके बस् यत्ती छ मनमा मैले चाहेर पनि आफ्नो हत्या गर्न सकिन । हावा सरी अलि अलि गर्दै बहदै गएका छन मेरा सबै खुशी, जस्लाई चाहेर पनि म मेरो मुहारमा कैद गर्न सक्तिन । सम्हालिएर हिड्ने जरुरत छैन अब, अग्नि को ज्वाला माथी मैले पैताला लाई अघि सारेको छु । नभन्नु हुतिहारा बनेछ.. यहि हिम्मत ले गर्दा हो मैले अचानो को चोट पाएर मैले जिउदो सिनो बनी जिन्दगी काटेको छु । 

थाहा छैन आजकल के परिवर्तन भए जस्तो लाग्दै छ । मलाई यो दुनियाँ देखेर दिक्क लाग्दै छ । हिजो सफल बनेर आउछु भन्दै घर बाट निस्केको म आज शहर को यो कोलाहल भित्र कतै हराएर बसेको छु । सपना का कुरा गर्दा गर्दै नथाक्ने म यहाँ गन्तव्य भुलेर बस कोठाभित्र ओल्टे कोल्टे पर्दै बसेको छु । अनिश्चित छ भविस्य आज सम्म पनि ,उमेर बढिराछ गर्न केही सकेको छैन । हिड्न कतै मन लाग्दैन,कोहि छ मलाई बुझ्ने ?  खै किन मलाई कसैको बिस्वास पनि लाग्दैन । सधै हाँसिरहने म आजकल मनमनै रोईरहन्छु । सबैको माझमा रमाईरहने म एकान्त कोठामा आफ्नो आफै बनी हराईरहन्छु। टुटेको छ मन भत्किएका छन सपनाहरु,हात खुट्टा काप्दै छन अभावै अभाव देखेर....

हार्दै छु बिस्तारै। खै कती सहनु चोट नपाएको अनि नखाएको कुनै दिन नै छैन् । खै कति मौनता मै पीडा लुकाएर बस्नु ? चिच्याएर सुत्न नसकेको कुनै रात नै छैन । लडेपछि एक्लै उठ्न सक्ने साहस थियो मनमा, आजकल त्यो साहस पनि कतै डगमाएको छ । अनगिन्ती सोच, अनगिन्ती रहर, अनगिन्ती बाध्यता....

एक्लो छु म , मलाई गार्हो भएको छ समय को प्रत्येक मिनेट बाचेको जस्तो गर्न । मलाई मेरो जिन्दगी को कुनै मोह छैन् । डर लाग्छ कतै आमा बा माथी समाजले प्रश्न पो उठाउने हुन कि ? मेरो छोरा यस्तो छ भन्दै हिड्ने लाई कस्तो हुतियारा जन्माईछस भन्ने पो हो कि ?  खुल्ला आकाशमा स्वतन्त्र पन्छि झै उड्ने रहर हुदाहुँदै पनि म सिमित छु शहर को यो एउटा गल्ली भित्र । स्वाभिमान कतै लुकेको छ । आत्मबिश्वाश शहर का हरेक चोकहरुमा छरिएको छ। किताबका अक्षर हरु आँसु सङ मुसिएका छन् । कलमहरु रगत बनी कोरिएका छन ।  थाहा छैन कमजोरी कहाँनेर भयो । गलत म कहाँ भए ? आजकल यात्रा रोकिएको छ। गन्तव्य बालापन मै छोडिएर अन्तिम बिकल्प चिहान बनेको छ ।

थाहा छैन आफ्नै आफ्नाहरुको बिचमा रहँदा पनि आज मनले किन एक्लो भएको महशुस गर्दै छ । कहि टाढाँ जहाँ चिच्याउदा खेरी आफ्नै बोली पनि फर्की आओस हो मलाई त्यही गएर एकतमासले मन अनि आँखाभरी भरिएका आँसु पोख्न मन लागेको छ । समय ले नयाँ नयाँ पात्र , नयाँ नयाँ रहर, नयाँ नयाँ चुनौतीहरु थप्दै गयो ।आफैलाई स्याहार समेत गर्न नसक्ने म कठै पीडा को बोझ मुनि आफू हराउदै छु। थाहा थिएन यो आउने अनि जाने क्रमले मेरो अस्तित्वलाई नै कहीँ मेटाईदिन्छ, मलाई महशुस थिएन । जिन्दगी जिउन यति कठिन पो हुनेरहेछ धेरै कुरा भन्न मन लागेको छ तर शब्द भेटिन....

आमासङ्ग भेटेर मनका सबै वह पोख्न मन छ । तर यो अन्जान ठाउँमा मैले घर कतै भेटिन । आफुले सहन नसक्ने पीडा लिएर बाचेको छु, खुसी छु भन्ने झुटलाई अङ्गालेर सिरानीलाई आँसुले भिजाएर बाचेको छु । खै कहाँ गए ती उत्साह ? बालापन मा सुनाउने गरेका ती सबै चाहना ?;एउटा निर्दोष शरिरलाई बिना भोक अनि शोक पाल्न पनि आज मलाई गाह्रो भएको छ । । एउटै कुरा ले पनि बारबार पीडा दिइरहन्छ । रुँदिन भन्छु एउटै पिडामा पनि बारबार आँसु खसिरहन्छ । म कमजोर होइन , मैले दुनियाँले शहन नसकेका दुख पनि यो भन्दा अगाडि नै धेरै सहेको छु । मैले हिम्मत हारेको होइन् , निकै कठिन परिस्थिति बाट उम्केर म आज यहाँसम्म आइपुगेको हुँ, तर अब शरीर थाकेको छ ।  चाहना अचेत अनि गन्तव्य कतै हराईसकेको छ। म बिस्तारै हराउदै छु  आफैँले आफैँलाई पनि.... 

मेरो सामु मात्र मैले चिहान देख्दैछु । साथ दिने अनि सम्हालिदिने कोहि छैन बस् मर्दा पछाडि ताँती बढाईदिने मलामी देखेको छु । लडेपछि एक्लै उठ्ने साहस राख्नुपर्छ भन्छ दुनियाँ, जब मेरो मनले आत्मबिस्वास लाई हार्छ तब कन्कालहरुको शहर देखिनेरहेछ यो धरातल को हरेक पहराले,  माया प्रेम असलसाथी सहयात्री यहाँ सत्यता केही छैन । बस यी नामहरु हुन जस्ले कम्जोर मन लाई झन कमजोर नाइदिने गर्छ । भ्रम मा छन सबै.. आश्वासनहरु जो जन्जिरमा कैद छन् यहाँ मान्छेहरू, म पनि उहीँ एक पात्र हुँ जो हार्दै छु । अनि आफू पनि हराउँदै छु । आफ्नो अस्तित्वहरु गुमाउँदै पहिचानको मजाक बनाउँदै छु आमा बा को आशिर्बादलाई !! माफ गरिदिनुहोस् जिउँछु भनेको जिन्दगी जिउने सामर्थ्य अब म मा छैन् । किन्छु भनेको खुसी किन्न अब म सँग हिम्मत छैन् ।