प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको भएको छ।

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ५२० रुपैयाँ ९९ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ५५५ रुपैयाँ ९० पैसा रुपैयाँमा भएको थियो।

सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७११ रुपैयाँ ८६ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ८४० रुपैयाँमा भएको थियो।

यस्तै, सिभिल लघुवित्तको ११ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ७४ रुपैयाँ ७७ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ७४९ रुपैयाँमा भएको थियो।