आगामी वर्षको बजेट सीमा १६ खर्ब ८८ अर्ब हुने अनुमान 

 काठमाडौँ - राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १६ खर्ब ८८ अर्ब ४ करोड रुपैयाँको बजेटको सीमा निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिको बैठकले बजेट सीमा तय गरी सरकारलाई त्यसैअनुसार काम गर्न मार्गदर्शन दिएको छ ।

यो आकार चालु आर्थिक वर्ष विनियोजन भएको बजेटभन्दा झन्डै डेढ खर्ब रुपैयाँले कम हो । अर्थात् चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसअनुसार राजस्व प्राप्त हुन नसक्ने भएपछि अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाएका छन् । 

 यो वर्ष १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ मात्रै बजेट खर्च हुने संशोधित अनुमान अर्थमन्त्री पौडेलले गरेका छन् । यो अंकभन्दा आगामी आर्थिक वर्षको बजेट सीमा १ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँले बढी हो ।