मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २१ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।