बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अरुण चौधरीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको हो ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी व्यवसायी तथा सांम्सद विनाेद चाैधरीका भाई हुन ।