images

२१ किलो सुनसहित तिन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।  

उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 

सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरु २७ वर्षका हान फेइ, ३७ वर्षका वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुढानीलकण्ठको एउटा घरबाट पक्राउ गरेको हो ।

शुक्रबार​ २३ असोज २०८३ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया