ऐलानी जग्गामा बनेको घर पास गरिदिने पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराई भ्रष्टाचार मुद्धामा दोषी ठहर

विशेष अदालतले भ्रष्टाचार मुद्धामा मालपोतका अधिकृत र नासु दोषी ठहर गरेको छ । ऐलानी जग्गामा बनेको घर पास गरिदिने पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईलाई विशेषले दोषी ठहर गरेको हो । उनीहरुले पर्साको साबिक अलौ गाविस ५ को किनं ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्री गरेको अभियोगसहित गत वैशाख १९ गते अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

ऐलानी सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी/सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पु¥याएको अभियोगमा अधिकृत र नासुका अलवा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

विशेषको बुधबारको इजलाशले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र नायव सुब्बा लेखनाथ भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएको हो । विशेषले ज्याउल हक र एसानुल हक राकीलाई पनि दोषी ठहर गरेको छ ।