दुई कम्पनीको १ करोड १६ लाख बढी सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड १६ लाख ९२ हजार ३०२.८४  कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ।

सानिमा  बैंकको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको छ। यो बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी सिवाईसी नेपा लघुवित्तको ३ लाख ६४ हजार ९२५.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।