बैदेशिक रोजगार विभाग  काठमाडौं कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैदेशिक रोजगार विभाग  काठमाडौं कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा गरेको छ । १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।