काठमाडौंमा जारी एसीसी प्रिमियर लिग क्रिकेट : वर्षाले खेल पुनः रोकियो

वैशाख १८, काठमाडौँ । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ ।
युएईले २७ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा पानी परे पछि खेल रोकिएको हो । जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । खेल कीर्तिपुर स्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा भइरहेको छ ।