तीन दिनपछि प्रधानन्यायाधीश कार्की अवकाशमा

 काठमाडौँ - आगामी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । 

बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकको मिति तय गर्नुअघि गत आइतबार प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

अबको ३ दिनमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाँदैछन् । उनी साउन २० गते अवकाशमा जान लागेका हुन् । 
खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।